Logo
६ बैशाख २०८१, बिहीबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सेयर बजारमा दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

 सेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३०.८९ अङ्कले घटेर २५ सय १३.४१ अङ्कमा झरेको हो ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.४४ अङ्कले घटेको छ । उता कारोबार रकम पनि सुस्ताएको छ । आइतबार कारोबार रकम डेढ अर्ब पनि पुगेन ।

दिनभर भएका २८ हजार ११३ कारोबारबाट २२५ धितो पत्रका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच भएका छन् ।जसबाट कारोबार रकम १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा रोकिएको छ ।

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्