Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा पुगे बनारसमा, मुख्यमन्त्री आदित्यनाथद्धारा स्वागत

छिमेकी मुलुक भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् ।एयर इण्डियाको जहाजमार्फत बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे ।

बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।साथै प्रधानमन्त्री देउवाले त्यहाँका मन्दिरहरूमा दर्शन गर्ने र नेपाली धर्मशालामा जाने कार्यक्रम छ ।

तीन दिने भ्रमणका लागि गत शुक्रबार भारतको राजधानी नयाँ दिल्ली गएका देउवा बनारसबाट नयाँ दिल्ली फर्किने र आजै अपराह्न काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।

उनी भारतीय समयअनुसार अपराह्न सवा चार बजे नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्