स्कारपियोको ठक्करबाट धनुषामा एक जनाको मृत्यु, दुई घाइते
मधेश प्रदेश स्थित धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।ठक्करबाट अन्य दुईजना घाइते पनि भएका छन् । ठक्करबाट स्थानीय एकराही बस्ने ३५ वर्षीय बौका भन्ने हरिचरण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत विदेहनगरपालिका ७ मा जनकपुरधामबाट कमला तर्फ जाँदै गरेको बी.आर. ० पी.बी.३९०२ नम्बरको स्कारपियोको ठक्करबाट एक पुरुषको शनिबार साँझ मृत्यु भएको हो ।
उनीहरुको प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।