Logo
१३ बैशाख २०८१, बिहीबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवालाई दिल्ली विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री भट्टले स्वागत गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले स्वागत गर्ने भएका छन् ।

तीन दिने भ्रमणका लागि केही बेरमा नयाँ दिल्ली अवतरण गर्न लागेका प्रधानमन्त्री देउवासहितको भ्रमण टोलीको स्वागतमा राज्यमन्त्री भट्टले स्वागत गर्ने भएका हुन् ।

प्रधानमन्त्री देउवाको स्वागतमा दिल्ली विमानस्थलमा बोर्डहरू पनि राखिएका छन् ।प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन् ।

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्