Logo
८ बैशाख २०८१, शनिबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिचार मिल्यो भने लोसपासँग पनि गठबन्धनको सम्भावना छ : रेणु यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि गठबन्धनको सम्भावना रहेको बताएका छन् ।

शुक्रबार जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले अहिले अहिले आफुहरु गठबन्धनमै सरकारमा रहेको र विभिन्न ठाउँमा परिस्थितिवस गठबन्धन अगाडी बढ्ने अवस्था रहेको बताईन् ।

जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेकी यादवले मधेशवादी दलसँग गठबन्धनको सम्भावना रहेको बताएकी छिन् ।

उनले राजनीतिमा हरेक सम्भावना परिस्थितिबस अगाडी बढ्ने भएकाले लोसपासँग समेत गठबन्धनको सम्भावना कायम रहेको बताईन् ।विभिन्न ठाउँमा परिस्थितिवस गठबन्धन अगाडी बढ्ने अवस्थामा रहेको भन्दै उनले सबै ठाउँमा नगरेपनि कुन-कुन ठाउँमा गर्नुपर्छ त्यो गर्ने बताईन् ।

मन्त्री यादवले राजनीतिमा हरेक सम्भावना परिस्थितिबस बन्ने गरेको भन्दै लोसपाको बिचार मिल्यो भने आफुहरु सोँच्न सक्ने बताईन् ।

उनले भनिन्, बिचारै मिलेन भने मिल्दैन् । गठबन्धन पनि मनबाट, विचारबाट, नियतबाट मिल्नुपर्छ । नियतै नमिले हात जोडेर गठबन्धन हुँदैन् ।’

 

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्