Logo
११ बैशाख २०८१, मंगलबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

बागमति प्रदेश स्थित चितवनको रत्ननगर नगरपालिका- ९ भानु चोकमा बसले बुधवार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका-२ घर भएका ४५ वर्षीय निरञ्जन श्रेष्ठ र उनकी ३० वर्षीय पत्नी मिनतारा श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारी जानकारी दिए ।

उनीहरू चढेको बागमती प्रदेशको ०३-००२-१८९५ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दम्पतीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दुर्घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्