Logo
८ बैशाख २०८१, शनिबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाद्धारा ४ हजार सैन्य पदमा दरखास्त आह्वान {विज्ञापनसहित}

नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।

विभागका अनुसार खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति, ११० महिला ३५८, जनजाति ५७२, मधेसी ५०५, दलित २७२ र पिछडिएको वर्गबाट ८५ जना को माग गरिएको हो।

सैन्य पदका लागि शारिरिक योग्यता पनि कायम छ । पुरुषको हकमा उचाइ न्यूनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ ।

त्यस्तै, तौल कम्तीमा ५० केजी हुनुपर्नेछ ।कर्तव्य पालनको सिलसिलमा अशक्त र मृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

महिलाको हकमा उचाइ ५ फिट कायम गरिएको छ भने तौल न्यूनतम ४० केजी हुनुपर्ने छ । कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका) उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ ।

दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने व्यवस्था कायम गरिएको छ ।

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्