Logo
८ बैशाख २०८१, शनिबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानको पेन्सन अवधि घटाउन गृह मन्त्रालयको प्रस्ताव

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव अघि बढाएको छ ।

बुधबार गृहमन्त्री बालकृष्ण खाँणले दुवै सुरक्षा सङ्गठनमा प्रहरी जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको बताएका छन् ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार प्रस्तावमा १६ वर्ष अवधि पूरा भएपछि राजीनामा दिएर जान पाइए पनि पेन्सन चाहिँ २० वर्ष पुगेपछि मात्रै पाइने उल्लेख छ ।

नेपाली सेनाले पनि यही प्रावधान राखेर सैनिक जवानहरूको पेन्सन अवधि घटाएको थियो ।प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ ।

यसका लागि प्रहरी नियमावलीको नियम १३१ मा संशोधन गर्ने तयारी गरिएको छ ।अर्थमा पठाइएको प्रस्ताव अनुसार प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्म २० वर्ष र प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म १८ वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्ने भनिएको छ ।

सशस्त्र प्रहरीमा पनि नेपाल प्रहरीको जस्तै प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्