Logo
१३ बैशाख २०८१, बिहीबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

को हुन् रक्सी चुरोटका लागि घर र श्रीमती नै छोड्ने यी ब्यक्ति ? थाहापाउनुहोस् !

भनिन्छ यो संसार एक समुन्द्र हो, यहाँ जस्ता पनि मानिस बस्ने गर्छन् । मानिसले जीउनको लागि खाना खाने गर्छन् भने कोही मानिसले मनोरञ्जनको लागि अन्य कुराहरु खाने गर्छन् । पछिल्लो समयमा आधुनिकतासँगै समाजमा लागुपर्दाथ तथा माधव पदार्थ फेसन जस्तो हुन पुगेको छ विश्वमा । कुनै पनि पार्टी विना रक्सी हुँनैसक्दैन ।

कोही मानिसले रक्सीलाई आफ्नो नसानै बनाउने गर्छन् भने कोही कहिल्यै काही मात्र पिउने गर्छन् त्यसैले बद्लिदो समाजमा जाँड,रक्सी, चुरोट नखाने मानिस खोज्न हो भने चामलमा वियाँ खोजेको जस्तै हुन्छ । आज हामी तपाईलाई यस्तै रोचक रक्सी र चुरोटसँग जोडिएको एक व्यक्तिको काहाँनी बताउन गइरहेका छौ ।

यो काँहानी हो चीनका एक व्यक्तिको । यी व्यक्ति चीनका हुन् । उनको नाम वेई जियानगुओ हो ।६० वर्षीय वेई जियानगुओ पछिल्लो १४ वर्षदेखि विमानस्थलमा बसिरहेका छन् ।

उनले आफ्नो घर छोडिदिएका छन् । उनका अनुसार उनलाई घरका सदस्यले रक्सी र चुरोट छोड्नका लागि भनेका थिए, त्यसैले उनले घर छोडेर विमानस्थलमा बस्न सुरु गरे । जियानगुओले आफू घर फिर्ता नजाने बताएका छन् किनभने उनका अनुसार त्यहाँ उनका लागि स्वतन्त्रता नै छैन ।

ती व्यक्तिका अनुसार उनकी श्रीमती र परिवारका सदस्यले उनलाई घरमा बस्नु छ भने रक्सी र चुरोट छोड्नुपर्ने शर्त राखेका थिए । यस्तोमा उनले घर नै छोड्ने निर्णय दिए । जियानगुओको घर विमानस्थलबाट करिब १९ किलोमिटर टाढा छ । उनले सन् २००८ मा घर छोडेका थिए ।

यस्तै, जियानगुओ पछिल्लो १४ वर्षदेखि बेइजिङ इन्टरनेशनल एयरपोर्टको वेटिङ एरियामा बसिरहेका छन् । सुरुमा उनी केही दिन रेलवे स्टेशनमा पनि सुतेका थिए । जियानगुओका अनुसार विमानस्थलमा उनी आफ्नो मर्जीले खान पिउन सक्छन् । उनले चाइना डेलीसँगको कुराकानीमा घरमा आफूले मन लागेको कुरा गर्न नपाउने भएकोले उनी घर नफर्कने बताएका छन् ।

हालै एक भिडियोमा वेई जियानगुओले चिसो नहुने भएकोले उनलाई विमानस्थलमा बस्न मनपरेको बताएका थिए । जियानगुओले त्यहाँ आफ्नो सानो किचन पनि बनाएका छन् । हरेक महिना पाइने सरकारी सहायतामार्फत् उनको खर्च चल्छ ।

जियानगुओले विमानस्थलमा आउने कुनै पनि यात्रीलाई केही पनि गर्दैनन् त्यसैले त्यहाँका कर्मचारीले उनलाई हटाएका छैनन् ।

आफ्नो स्लिपिङ ब्याग र केही सामानसहित उनी पछिल्लो १४ वर्षदेखि बेइजिङ विमानस्थलमा बसिरहेका छन् ।एजेन्सी

 

 

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्