Logo
७ बैशाख २०८१, शुक्रबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा आजदेखि लोक दोहोरी प्रतियोगिता सुरु हुँदै

आजदेखि काठमाडौंमा लोक दोहोरी गीत प्रतियोगिता सुरु हुँदैछ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा प्रतियोगिता हुन लागेको हो।

चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका गरी ७० समूहले सहभागिता जनाउँदै छन्।राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका अनुसार प्रतियोगितामा पहिलो हुनेले २ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।प्रतियोगितामा उत्कृष्ट दुई पुरुष र महिला कलाकारका साथै उत्कृष्ट भेसभुसा र अनुशासित समूहलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्