Logo
८ बैशाख २०८१, शनिबार
(March 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले बिमस्टेक सम्मेलनमा भोलि सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भोलि सम्बोधन गर्ने भएका छन्।परराष्ट्र मन्त्रालयले देउवाले भोलि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले परराष्ट्र मन्त्री डा. नारायण खड्काले आफ्नो सेसनमा मङ्गलवार सम्बोधन गरिसकेको जानकारी दिइन्।

उनका अनुसार सम्मेलनमा सहभागी हुन श्रीलङ्कामा रहेका मन्त्री खड्काले कोलम्बोमा भारतीय समकक्षी एस जयशंकरसँग साइडलाइन वार्ता पनि गरेका छन्।

शिखर सम्मेलनमा चार वटा वटा हस्ताक्षर हुने नेपालको अपेक्षा रहेको लम्सालले बताइन् । जसमा बिमस्टेकको बडापत्र, आपराधिक मामिलामा आवश्यक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि, कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापनासम्बन्धी र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धमा बिमस्टेक समझदारी पत्रमा हस्ताक्षर हुनेछ।

प्रकाशित मिति: Mar 29, 2022

प्रतिक्रिया दिनुहोस्