Logo
१२ बैशाख २०८१, बुधबार
(March 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुन सक्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले ९ बजे बस्दै छ ।

बालुवाटार विशेष स्रोतका अनुसार आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही राजनीतिक र प्रशासनिक निर्णयहरू पनि हुँदैछन् ।

‘यद्यपि तयारी पुरा नै भई हालेको त छैन’ ती स्रोतले भने, ‘तर मोटामोटी अहिले जे छ, त्यसैलाई पास गर्ने भनेको अवस्थामा आजै निर्णय पनि हुन सक्छ’ ।

केही दिनयता चर्चामा रहेको निजामती अध्यादेश आजैको बैठकबाट आउन सक्ने सम्भावना उच्च रहेको ती स्रोतले बताए ।त्यस्तै केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको हेरफेरको गाइँगुइँसमेत रहेकोले सो निर्णय आजकै ठाडो प्रस्तावबाट पास हुन सक्ने पनि बुझिएको छ ।

प्रकाशित मिति: Mar 28, 2022

प्रतिक्रिया दिनुहोस्