Logo
१३ बैशाख २०८१, बिहीबार
(March 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योगी आदित्यनाथले आज मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै, प्रहरी इन्काउन्टरमा मारिए राहुल सिंह !

छिमेकी देश भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथले दोस्रो कार्यकालका लागि मुख्यमन्त्री पदको शपथ ग्रहण गर्दै छन् । योगी आदित्यनाथले मुख्यमन्त्री पदको लगातार दोस्रो इनिङ सुरु गर्दै गर्दा आजको शपथ ग्रहण समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

इकाना स्टेडियममा हुने शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतका विशिष्ट पाहुनाहरु सहभागी हुँदैछन् ।

साथै आदित्यनाथले शपथ ग्रहण गर्नुभन्दा केही घण्टा अगाडि प्रहरी कारबाहीमा एक व्यक्ति मारिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउको हसनगञ्ज क्षेत्रमा राहुल सिंह भन्ने व्यक्ति प्रहरी इन्काउन्टरमा मारिएका हुन् । उनी अलीगञ्ज ज्वलेर्समा भएको लुटपाटका आरोपी भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

लुटपाटको क्रममा एक व्यक्तिको हत्यासमेत भएको थियो । उनीमाथि एक लाख रुपैयाँ इनाम तोकिएको थियो । शुक्रबार बिहान करिब चार बजे हसनगञ्ज क्षेत्रमा उनी रहेको थाहा पाएपछि लखनउ प्रहरीले घेरा हालेको थियो । त्यसपछि दुबै तर्फबाट फायरिङ भएको र प्रहरीको गोली लागेर उनको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: Mar 25, 2022

प्रतिक्रिया दिनुहोस्