Logo
१२ बैशाख २०८१, बुधबार
(March 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बलात्कार सम्बन्धी मुद्दाको अनुसन्धानमा नायक पल शाहलाई थप ५ दिन हिरासतमा राख्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको छ ।

शुक्रबार अदालतले पाँच दिनको समय दिएको तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए ।यसअघि पहिलो पटक ८ दिन र दोस्रो पटक १२ दिनको समय दिइएको थियो ।

यस पटक दिइएको समयभित्र प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने छ ।तनहुँ अदालतबाट म्याद लिइरहेकै समयमा पूर्वी नवलपरासी प्रहरीले पनि शाहविरुद्ध अनुसन्धान सकेर बिहीबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।

एक नाबालिग गायिकाले बलात्कार गरेको भन्दै शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति: Mar 18, 2022

प्रतिक्रिया दिनुहोस्