Logo
६ बैशाख २०८१, बिहीबार
(March 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन विवादमा तानिए पवनदीप र अरुणिता ?

भारतीय गायन रियालिटी शो इण्डियन आइडल १२ का विजेता गायक पवनदीप राजन र उपविजेता बनेकी गायिका अरुणिता काजीलालको जोडिलाई दर्शकले निकै मनपाइएको जोडि हो ।

उनीहरुको जोडि दर्शकसामु निकै मनपराइएका छन् र चर्चित पनि रहेका छन् । ‘इण्डियन आइडल-१२’ सकिएको महिनौं बित्दा पनि उनीहरुको लोकप्रियता कम भएको छैन । उनीहरुको जोडिलाई लिएर प्रेमको चर्चा समेत हुने गर्छ ।

पछिल्लो समयमा यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छन् ।दुवैमाथि सम्झौतापछि म्यूजिक एलबम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको छ । म्यूजिक एल्बमको सुटिङ अक्टोपस इन्टरटेनमेन्टले गर्न लागेको थियो । जसका लागि अक्टोपसले सोनी टेलिभिजनसँग एक सम्झौता गरेको थियो ।

यो सम्झौता अनुसार पवनदीप र अरुणिताले एल्बमका लागि २० गीतको सुटिङ गर्नुपर्ने थियो । तर उनीहरुले एक गीतको सुटिङ गर्न अस्वीकार गरे । सोनी टेलिभिजनले पवनदीप र अरुणिता ‘इण्डियन आइडल’मा प्रतिष्पर्धा गरिरहँदा यो सम्झौता गरेको थियो ।

यो सम्झौताको बेला गरिएको पत्रकार सम्मेलनमा आयोजकले निकै पैसा खर्च गरेका थिए । पैसा, समय र प्रतिबद्धता गरे पनि पवनदीप र अरुणिताले गीतको सुटिङ रोकेका थिए ।

अहिले यो जोडी अमेरिकामा गीतको सुटिङ गरिरहेको छ ।सोनी टेलिभिजनले यो मामलामा कुनै पनि प्रकारको एक्सन लिन लागेको खबर गलत भएको जनाएको छ । यो विषयमा पवनदीप र अरुणिताको कुनै प्रतिक्रिया आइसकेको छैन । एजेन्सी

प्रकाशित मिति: Mar 13, 2022

प्रतिक्रिया दिनुहोस्