Logo
७ बैशाख २०८१, शुक्रबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोयल इन्फिल्डले नयाँ प्लेटफर्म विकास गर्ने, हिमालयन ४५० आउने !

रोयल इन्फिल्डका ३५० सीसी सेगमेन्टको बाइक निकै लोकप्रिय भइरहेको समयमा अब कम्पनीले ४५० सीसी सेग्मेन्टमा पनि प्रवेश गर्ने तयारी गरिरहेको छ ।

यो बाइक सम्भवतः २०२३ को पहिलो त्रैमासिकमा लन्च गर्ने अपेक्षा राखेको छ । यो बाइक हिमालयन ४११ सँग मिल्दोजुल्दो हुनेछ तर यो अझ शक्तिशाली इन्जिनसहित लन्च हुनेछ ।

रिपोर्टका अनुसार रोयल इन्फिल्डले नयाँ प्लेटफर्मको विकासमा काम गरिरहेको छ । कम्पनीले यस प्लेटफर्मको कोडनेम के१ राखेको छ । कम्पनीले सो प्लेटफर्ममा आधारित आफ्नो पहिलो एड्भेन्चर बाइक लन्च गर्ने योजना बनाएको छ । के१ प्लेटफर्ममा आधारित एड्भेन्चर बाइक हिमालयन ४५० नामबाट लन्च गरिनेछ ।

हालै सार्वजनिक गरिएको सो बाइकको तस्बिर अनुसार यो बाइकमा एकल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको देख्न सकिन्छ र यसले ४० एचपीको पावर जेनेरेट गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार के१ प्लेटफर्ममा निर्माण गरिएको बाइकले विश्वव्यापी रूपमा अन्य बाइकसँग प्रतिस्पर्धा गर्न मद्दत गर्नेछ र कम्पनीले विशेषगरी केटीएम ३९० एड्भेन्चर बाइकसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ । हिमालयन ४५० को टर्क जेनेरेटको बारेमा अझै खुलासा गरिएको छैन ।

हाल उपलब्ध हिमालयन ४११ सीसी इन्जिनले २४.३ बीएचपीको पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ । साथै यसमा ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

हिमालयन ४५० मा ट्रेलिस फ्रेम प्रयोग गरिने छ जुन हिमालयन ४११ भन्दा हल्का हुनेछ । हिमालयन ४५० मा हाल प्रयोग गरिएको टेलिस्कोपिक फोर्कको तुलनामा यूएसडी फोर्क प्रयोग गरिने छ ।

सो बाइकले केटीएम ३९० र बीएमडब्ल्यु जी३१०जीएस एड्भेन्चर बाइकसँग समेत प्रतिस्पर्धा गर्नेछ । नेपाल अटो

 

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्