Logo
१२ बैशाख २०८१, बुधबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करिब ६ महिनापछि आज गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि बस्दै छ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन ।

एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसबिचमा नियुक्त भएका मन्त्री र सरकारको महत्त्वपूर्ण कामबारे संसद्मा जानकारी गराउने छन् ।

आज हुने बैठकमा गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने ५ दलका नेताले आफ्नो भनाइ राख्ने छन् । यसबिचमा सरकारले गरेका काम र निर्णयबारे यो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले संसद्मा कडा रूपमा प्रतिवाद गर्ने जनाएको छ ।

यो विधेयक अधिवेशनमा सार्वजनिक लेखा समिति लगायतका केही प्रतिवेदन पनि पेस हुने छन् । संसद् सचिवालयमा तीन विधेयक दर्ता भएर छलफलका क्रममा छन् भने ३ विधेयक दर्ता गर्ने तयारी छ ।

बालबालिका सम्बन्धी, आमसञ्चार र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक संसद्मा छन् भने सूचनाको हक, सिँचाइ, खानेपानी तथा केही कानुन संशोधन सम्बन्धी विधेयक संसद्मा यो अधिवेशनमा लैजाने तयारी भइरहेको कानु नमन्त्री विन्दुकुमार थापाले जानकारी दिए ।

एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसद्मा काँग्रेस नेतृत्व सरकार हिँडेको, बाटो, प्राथमिकताबारे खबरदारी गर्ने छन् ।

गठबन्धनबाट अलग भएको तर सरकारलाई समर्थन कायमै राखेको राष्ट्रिय जनमोर्चाको संसदीय दलकी नेता पियारी थापाले पनि गण्डकी प्रदेश सरकार पनि ठिक बाटोमा नहिँडेको भन्दै ध्यानाकर्षण गराउने सुरुमा छिन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, सरकारका ऊर्जा मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आचार्यले पनि संसद्मा आफ्नो भनाइ राख्ने छन् भने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसद्मा उठेका विषयको जवाफ र सरकारले अहिलेसम्म गरेका कामबारे बोल्ने छन् ।

 

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्