Logo
१५ चैत्र २०८०, बिहीबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् नेपाली नारीको रोजाइमा पर्न सफल ५ स्कुटर ब्रान्ड !

नारीलाई आफ्नै निजी साधनमा पहुँच कायम गर्न भने नेपालमा स्कुटरले निकै ठूलो भुमिका खेलिरहेको देखिन्छ । जसका कारण नेपालमा स्कुटरलाई नारी स्वतन्त्रतामा योगदान दिने साधनको रुपमा समेत लिने गरेको पाइन्छ ।

बिशेषत स्कुटर नारीहरुकै लागी भनेर निमार्ण गरिएको भएपनि पछिल्लो सयम पुरुष राइडरले समेत यो साधनलाई उत्तिकै मात्रामा रुचाइरहेका छन् । जसले गर्दा स्कुटर अहिले नारी र पुरुष दुबै जनाले प्रयोग गर्न मिल्ने ‘युनिसेक्स’ साधनका रुपमा परिचित बनिरहेको छ ।

यद्पी यसको प्रयोगकर्ता भने अझैपनि नारी नै बढी मात्रामा रहेको देखिन्छ । आज हामीले नेपाली नारीको रोजाइमा पर्न सफल ५ स्कुटर ब्रान्डको बारेमा जानकारी दिन गइरहेका छौ ।

हिरो
यी पाँच ब्रान्डका स्कुटरमध्ये सबैभन्दा सस्तो स्कुटरका रुपमा परिचित हिरोको नेपालमा डेस्टिनी, मास्टेरो एज, डुएट, प्लेजर प्लस र प्लेजर गरी कुल ५ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमश २ लाख २२ हजार ५ सय, २ लाख १८ हजार ५ सय, १ लाख ९३ हजार ५ सय, १ लाख ९७ हजार ५ सय र १ लाख ७८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

टिभिएस
टिभिएस स्टाइलिस र पावरफुल स्कुटर चाहने नारीमाझ लोकप्रिय बनिरहेको अर्को ब्रान्ड हो । टिभिएसको हाल नेपाली बजारमा एनटर्क, जुपिटर, वेगो, ड्याज र जेस्ट गरी कुल ५ वटा मोडलका स्कुटर उपलब्ध छन् । जसमध्ये १२५ सिसी क्षमताको एनटर्क अहिले सर्बाधिक चर्चामा रहँदै आएको छ । यो स्कुटरको मूल्य २ लाख २४ हजारदेखी २ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । टिभिएका अन्य स्कुटर भने खासै लोकप्रिय बन्न सकेको देखिँदैन ।

भेस्पारअप्रिलिया
प्रिमियम स्कुटरमा लोकप्रियता हाँसिल गरिरहेको भेस्पा र अप्रिलिया ब्रान्डको स्कुटरमा बिशेषत किशोरी र युवती उमेरका नारीहरु आकर्षित भएको देखिन्छ । हाल बजारमा उपलब्ध अन्य ब्रान्डका स्कुटरको तुलनमा महंगो पर्ने भेस्पासंग २ लाख ७४ हजारदेखी ४ लाख माथी मूल्य पर्ने स्कुटर उपलब्ध छ । त्यसैगरी अर्को इटालियन ब्रान्ड अप्रिलियासंग स्ट्रोम १२५, एसआर १२५, एसआर १५० र एसएक्सआर १६० मोडलका ४ वटा स्कुटर उपलब्ध छ । जसमध्ये सबैभन्दा लोकप्रिया एसआर १५० बनिरहेको देखिन्छ । यी स्कुटरमध्ये स्ट्रोम १२५ को मूल्य २ लाख ५४ हजार र एसआरको २ लाख ६० हजारदेखी ३ लाख ३३ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । एसएक्सआर १६० लाई ४ लाख ३५ हजार रुपैयाँ पर्छ ।

यामाहा
स्टाइलिस र उच्च माइलेजयुक्त स्कुटरलाई बजारमा उतारेको यामाहा पनि नेपाली नारीमाझ लोकप्रिय बनिरहेको स्कुटर ब्रान्ड हो । यसको रे जेड, फेसिनो ११०, फेसिनो १२५, रे जेडआर १२५ एफआई र एनम्याक्स १५५ म्याक्सी स्कुटर उपलब्ध रहँदै आएको छ । जसध्ये फेसिनो १२५ र रे जेडआर १२५ एफआई अहिले बढी चर्चामा छन् । नेपाली बजारमा फेसिनो १२५ को मूल्य २ लाख ६८ हजार र र रे जेडआर १२५ एफआइको २ लाख ५० हजारदेखी २ लाख ७६ हजार रुपैयाँसम्म पर्छ ।

होन्डा
जापनिज ब्रान्ड होन्डाको स्कुटर नेपाली नारीमाझ निकै नै लोकप्रिय साधन बनिरहेको छ । आकर्षक लुक्स, बलियो तथा मजवुत इन्जिन, उत्कृष्ट सेफ्टि फिचर्स र सर्बसुलभ सर्भिसिङ कारण होन्डाले स्कुटर सेग्मेनटमा बिगत लामो समयदेखी बजारको नेतृत्व लिइरहेको छ । होन्डाको नेपाली बजारमा डिओ, एभिएटर, ग्राजिया र एक्टिभ गरी कुल ४ वटा मोडलका स्कुटर उपलब्ध रहँदै आएकोमा सबैभन्दा बढी लोकप्रिय भने डिओ र ग्राजिया बनिरहेको छ । जसमध्ये डिओ र एभिएटर ११० सिसी क्षमतामा उपलब्ध छन् भने ग्राजिया र एक्टिभा १२५ सिसीमा । यी स्कुटरको मूल्य २ लाख २० हजारदेखी २ लाख ९३ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।नेपाल अटोको सहयोगमा

प्रकाशित मिति: Mar 9, 2022

प्रतिक्रिया दिनुहोस्