Logo
११ बैशाख २०८१, मंगलबार
(March 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाले एमटी १५ लाई अपडेट गरेर नयाँ मोडल २०२२ ल्याउने

यामाहाले आफ्नो लोकप्रिय न्याकेड स्ट्रिटफाइटर बाइक एमटी १५ लाई अपडेट गरेर ल्याउने भएको छ । २०२२ मोडलमा धेरै फिचर्स अपडेट गरेर ल्याउने तयारी थालेसंगै कम्पनीले अहिले हाल कारोबार भैरहेको मोडलको उत्पादन बन्द समेत गरिसकेको छ ।

यो बाइक अबको केही महिनाभित्रै आउने अनुमान गरिएको छ ।नयाँ मोडलमा कम्पनीले इन्जिन र फिचर्समा फेरबदल गर्न सक्ने आँकलन गरिएको छ ।

यो नयाँ बाइकमा वाइजेडएफ आर१५ भि४ को इन्जिन जडान गरिने भएको छ । जसको टर्क हाल कारोबार भैरहेको मोडलको तुलानामा केही बढी हुने छ ।

यामाहाले अहिले कारोबार भैरहेको एमटी १५ मा आर१५ भि ३ को इन्जिन राखेको थियो । जसको पवार १८.५ पिएस र टर्क १३.९ एनएम रहेकोमा नयाँ इन्जिनले १८.४ पिएस पावर र १४.२ एनएम टर्क जेनेरेट गर्नेछ ।

साथै यो नयाँ मोडलमा यामाहाले डुअल च्यानल एबिएस र ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर्स समेत थप गर्न सक्ने संभवाना देखिएको छ ।

यसको अतिरिक्त यो बाइकमा स्मार्टफोन कनेक्टिभिटी सहितको रिडिजाइन गरिएको इन्स्ट्रुमेन्ट कन्सोल समेत थप हुने जनाइएको छ । यो नयाँ बाइक हालको एमटी १५ भन्दा केही महंगो समेत पर्नेछ । नेपाल अटो

प्रकाशित मिति: Mar 7, 2022

प्रतिक्रिया दिनुहोस्