Logo
१५ चैत्र २०८०, बिहीबार
(March 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन विकासमा मधेस प्रदेशसँग साझेदारी गर्छौ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन विकासमा मधेस प्रदेशसँग साझेदारी हुने बताएका छन् । त्यस्तै मुख्यमन्त्री पोखरेलले मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताए ।

जनकपुर-पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताएका हुन् ।

मधेस प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ सिकेको पनि बताए।मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुर पुगेका थिए । उनी आज सोमबार पोखरा फर्कँदैछन् ।

 

प्रकाशित मिति: Mar 7, 2022

प्रतिक्रिया दिनुहोस्