Logo
८ बैशाख २०८१, शनिबार
(March 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पल शाह बलात्कार प्रकरण : गायक दुर्गेशले र सम्राटले प्रहरीसमक्ष दिए बयान

अभिनेता पल शाहकोविरुद्ध नाबालिकालाई उस्काएको र षड्यन्त्र गरेको आरोप लागेका गायक दुर्गेश थापाले प्रहरी सामु आफ्नो बयान दिएका छन् ।

थापाले दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर बयान दिएका हुन् । थापासँगै सम्राट चौलागाईले पनि बयान दिएका छन् ।

बलात्कारको अभियोगमा जिल्ला प्रहरी तनहुँको हिरासतमा रहेका अभिनेता पल शाह अहिले प्रहरी अनुसन्धानका राखिएको छ ।
उनीहरु दुवैजनामाथि शाहविरुद्ध नाबालिकालाई उस्काएको र षड्यन्त्र गरेको आरोप लागेको छ ।

उनीहरु बयान दिन तनहँ पुग्दा पल शाहका समर्थकहरुले नाराबाजी गरिरहेका थिए ।एक नाबालिग गायिकाले शाहविरुद्ध बलात्कार गरेको जाहेरी दिएपछि आइतबार आफै प्रहरीसामु आत्मसर्मपण गरेका थिए ।

शाहलाई जिल्ला अदालतबाट ७ दिनको अनुमति लिई प्रहरीले हिरासतमा राखि अनुसन्धान गरिरहेको छ । अहिले कला कर्मीहरुले पनि पल शाह प्रकरणमा पक्ष र विपक्षमा आफ्ना अभिव्यक्ति दिइरहेको छन् ।

राष्ट्रिय आयोगले प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न माध्यमबाट आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुलाई समाचार सम्प्रेषण नगर्न र आफुलाई प्राप्त भएका प्रमाणहरु अनुसन्धान अधिकृतलाई उपलब्ध गराउन आग्रह गरेको हो ।

प्रकाशित मिति: Mar 4, 2022

प्रतिक्रिया दिनुहोस्