Logo
१२ जेष्ठ २०७९, बिहीबार
(March 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताप्लेजुङ अस्पतालको उपचार कक्षभित्र भालु पसेपछि…!

प्रदेश नं १ स्थित ताप्लेजुङको जिल्ला अस्पताल ताप्लेजुङको उपचार कक्षभित्र भालु पसेको छ । बिहीबार बेलुका साढे ११ बजेतिर अस्पतालको प्रसूति कक्षमा कालो भालु पसेको अस्पतालका प्रमुख डाक्टर सोनिम लामाले जानकारी दिए ।

सुरुमा कुुकुर जस्तो देखेर खेदाउन खोजेपनि भालु हो भन्ने यकिन भएपछि प्रहरीको सहयोगमा ढोका थुनिएको अस्पतालका कर्मचारीले जानकारी दिएका छन् ।

अस्पतालको पछाडिको भागबाट भालु पसेको कर्मचारीहरुको अनुमान छ । ढोका थुनेपछि भालुले बाहिर निस्कने प्रयास गरिरहेको छ । भालुले रड तान्ने, सिसामा आक्रमण गर्ने प्रयास गरिरहेको छ ।

डिभिजनल वन कार्यालयका प्रमुख विरेन्द्र शाहका अनुसार भालु अहिले प्रसूति कक्षको खाटमुनि लुकेर बसेको छ । ‘उद्धारका लागि केन्द्रसँग समन्वय भइरहेको छ,’ शाहले भने, ‘रातको समयमा ढोका खोलिदिए आफ्नो बासस्थानमा आफैं पनि जानसक्छ । यदि नगएको खण्डमा चितवन वा काठमाडौंबाट प्राविधिक टोली झिकाउनु पर्ने हुनसक्छ ।’

प्राविधिक टोलीले बेहोस बनाएर मात्रै निकाल्न सक्ने उनले जानकारी दिए ।चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै भालु झरेको हुन सक्ने वन कार्यालयका कर्मचारीको अनुमान छ ।

 

 

 

प्रकाशित मिति: Mar 4, 2022

प्रतिक्रिया दिनुहोस्