Logo
१३ बैशाख २०८१, बिहीबार
(March 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलमा फल्यो संसारकै ठूलो स्ट्रबेरी, राख्यो विश्व कीर्तिमान !

इजरायलमा फलेको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको छ ।  इजरायलका किसानले फलाएको २८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको हो ।

यो स्ट्रबेरीको उत्पादनका लागि चाँहि एरियल नामका किसानले १ वर्ष बिताएका थिए ।यो स्ट्रबेरी एरियल परिवारको मध्य इजरायलमा रहेको खेतबाट सन् २०२१ को फेबु्रअरीमा टिपिएको थियो ।

त्यसपछि यसलाई फ्रोजन गरेर राखिएको थियो । यसको नतिजाका लागि १ वर्ष लाग्यो । हामीले यसलाई १ वर्षसम्म फ्रिजिङको रुपमा राख्यौ ।

यो हुनुुपर्ने जत्तिको लामो थिएन,’ एरियलले बताए ।यो स्ट्रबेरीलाई स्थानीय भाषमा इलान भनिन्छ र यो ठूलो आकारमा बढ्ने गर्छ ।

यो ठूूलो आकारको फल एक वर्ष अगाडि जस्तो आकारको थियो, त्योभन्दा आधा भएको एरियलले बताए ।

यस अघि विश्वकै ठूलो स्ट्रबेरीको उपाधी सन् २०१५ मा जापानको फुकुुओकामा फलेको स्ट्रबेरीको नाममा थियो । उक्त स्ट्रबेरीको आकार २५० ग्राम थियो ।

यो समाचार पाएपछि आफू नाचेको, बुुर्किसी मारेको, हासेको र गीत गाएको उनले बताएका छन् । ‘गिनिज बुुक रेकर्डमा समावेश हुन पाउँदा हामी खुसी भएका छौँ,’ उनले भने ।

प्रकाशित मिति: Mar 3, 2022

प्रतिक्रिया दिनुहोस्