Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुन्डाइका सम्पूर्ण मोडलका गाडीहरुको मूल्य बृद्धि, कोनामा १ लाख महंगो

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखी लागु हुनेगरी नयाँ मूल्य सुची सार्बजनिक गरेको छ ।

नयाँ मूल्य सुची अनुसार हुन्डाइको नेपालमा बिक्री हुने सम्पूर्ण मोडलका गाडीहरुको मूल्य बृद्धि भएको छ । जसमध्ये कोना इलेक्ट्रिक कारमा १ लाख रुपैयाँको दरले मूल्य बढाइएको हो ।

नेपाली बजारमा कोनाको जिएल र जिएलएस गरी दुई भेरियन्टका इलेक्ट्रिक क्रसओभर उपलब्ध रहँदै आएको छ । यसअघि ५९ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको जिएलएसको मूल्य बढाएर ६० लाख ९६ हजार र जिएलको ५६ लाख ९६ हजारबाट ५७ लाख ९६ हजार रुपैयाँ पुर्याइएको छ ।

कोनामा हुन्डाइ मोटर्सले ३९.२ किलोवाट आवर साइजको ब्याट्री प्याक उपलब्ध गराएको छ । यो गाडीको अधिकतम पावर १०० किलोवाट र टर्क ३९५ एनएम रहेको छ ।

यो गाडीलाई १५५ किलोमिटरको उच्चतम गतिमा हाँक्न सकिन्छ । डिसी फास्ट चार्जरको साहयतामा ५४ मिनेटमा ८० प्रतिहत चार्ज गर्न सकिने यो गाडीले ३ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

कोना नेपाली बजारमा सर्बाधिक रुचाइएको इलेक्ट्रिक कार मध्ये एक हो । लक्ष्मी इन्टरकन्टिनेन्टलले आजदेखी गाडीको मूल्य बृद्धि हुने जानकारी दिएर अग्रिम बुकिङ लिने ग्राहकलाई पुरानै मूल्यमा गाडी उपलब्ध गराउने जानकारी यसअघि नै दिएको थियो । नेपाल अटो

 

प्रकाशित मिति: Mar 1, 2022

प्रतिक्रिया दिनुहोस्