Logo
६ बैशाख २०८१, बिहीबार
(February 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता पल शाहले प्रहरीसमक्ष आज आत्मसमर्पण गर्दै

नाबालिग गायिकालाई जबरजस्ती करणीको आरोप लागेका नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् ।

गायिका समिक्षा अधिकारीले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका छन् ।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

प्रकाशित मिति: Feb 27, 2022

प्रतिक्रिया दिनुहोस्