Logo
७ बैशाख २०८१, शुक्रबार
(February 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पल समिक्षा प्रकरणमा जोडिएपछि दुर्गेशलाई असर, महोत्सवमा कलाकारको सूचीबाट हटाइयो

पछिल्लो समयमा नेपाली सिनेजगतमा अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको विवादले बजार तातिरहेको छ । उनीहरुको विवाद अहिले प्रहरी प्रशासन सम्म पुगेको छ ।

समिक्षाले बलत्कारको उजुरी प्रहरीमा दिएकी छन् भने यता पलले आफ्नो बचाउँ गर्दै आफूलाई फसाउन खोजेको भन्दै ४ जना व्यक्तिको नाम र अडीयो सार्वजनिक फेसबुक मार्फत गरेका छन् ।

त्यही फसाउन खोजेको व्यक्तिको नामा पलले दुर्गेश थापालाई पनि जोडेका छन् त्यसको असर अब दुर्गेशको जीवनमा पनि नराम्रोसँग देखिने सम्भावना देखिएको छ ।

अभिनेता पल शाहको केसमा जोडिएपछि आज शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट उनलाई हटाएको छ ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको हो । दुर्गेशले महोत्सवमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको थियो ।

अभिनेता पल शाहको प्रकरणमा विवादित भएपछि महोत्सव र उनी दुबैलाई राम्रो नहुने देखेर कार्यक्रमबाट हटाइएको महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिब यज्ञराज जोशीले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबाट आजै मध्यान्ह २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवमा १ लाख बढी मानिसको सहभागिता रहने आयोजकको दाबी छ ।

महोत्सवमा देशका चर्चित कलाकारको अलवा सुदूरपश्चिमका स्थानीय कलाकारको समेत सहभागिता रहने महोत्सव अत्तरिया पूर्व रोडमा रहेको खुल्ला स्थानमा आयोजना गरिएको छ ।

प्रकाशित मिति: Feb 25, 2022

प्रतिक्रिया दिनुहोस्