Logo
७ बैशाख २०८१, शुक्रबार
(February 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुन्डाई मोटर्सको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ को नेपालमा बिक्री सुरु

नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेइकल आयोनिक–५ विक्री सुरु गर्ने तयारी पूरा गरेको छ ।

निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ ।नयाँ आयोनिक-५ फ्युचरिस्टिक अर्थात भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो ।

आयोनिक-५ हुन्डाईको नयाँ आयोनिक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री इलेक्ट्रिक भेइकल प्लेटफर्म’ मा बनेको हो ।

हुन्डाई आयोनिक-५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको छ । आयोनिक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ । यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट पर्फर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको बताएको छ ।

हाल नेपाली बजारमा उपलब्ध दुई भेरिएन्ट मध्ये प्यानोरामिक सनरुफयुक्त भेरिएन्टको मूल्य ८० लाख ९६ हजार र सोलार सनरुफयुक्त भेरिएन्टको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । म्याट कलर कलर किन्न चाहने ग्राहकले ६० हजार अतिरिक्त रकम तिर्नु पर्नेछ ।

हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’ मा निर्माण भएको आयोनिक–५ मा रियर ह्विल ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा सोलार वा भिजन रुफ, भेइकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मोनिटर तथा भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक-५ को लन्चिङसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रिक कारको लागि मात्रै शोरुम संचालनमा ल्याएको छ । ईभीको लागि मात्रै बन्ने शोरुममा अहिले विक्री भइरहेको कोना, आयोनिक र आयोनिक ५ राखिने छ ।

इलेक्ट्रिक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियम एक्सपेरियन्स प्रदान गर्न सफल हुने विश्वास लिएको कम्पनीले बताएको छ ।

कम्पनीले ईभी बिक्री मात्र गर्ने नभई नेपालमा ईभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तयारी गरिरहेको बताएको छ । कम्पनीले ईभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादक मध्ये एक हो ।

कम्पनीले उत्कृष्ट क्वालिटीको भेइकल बनाउदै विश्वका करौडौ ग्राहकहरुको मन जित्न सफल भएको बताएको छ । नेपाल अटो

प्रकाशित मिति: Feb 24, 2022

प्रतिक्रिया दिनुहोस्