Logo
७ बैशाख २०८१, शुक्रबार
(February 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गिरोहको नाम सार्वजनिक गर्दै पल शाहले भने : ‘यदी म दोशी भए कानुन बमोजिम सजाय भोग्न तयार छु’

पछिल्लो समयका चर्चित अभिनेता पल शाह चर्चाको केन्द्रमा रहेका छन् । उनको चर्चाको बिषयमा फिल्म, म्युजिक भिडियो अभिनयदेखि प्रेम र रोमान्स बन्ने गरेको छ । तर केही समयदेखि पल शाह र गायिका समिक्षा अधिकारीबीचको प्रेम सम्वन्धले विवादमा तानिएका छन् ।

अन्तर्वार्ता समीक्षाले निकै सजकका साथ पलसँगको प्रसंग पन्छाइरहिन् भने पलले समीक्षा आफ्नै टिमको सदस्य र सामान्य सम्बध रहेको बताए । उनले भने, ‘समीक्षासँगको आफ्नो सम्बन्ध जोडेर बदनाम गर्न एक गिरोह लागेको छ ।’ हुन त हालै केही मिडियामा पलको धेरै केटीसँग सम्बन्ध रहेको समाचार पनि आइसकेको छ । ती सम्बन्धका समाचार प्रमाण सहित बाहिर आएका छन् ।

समीक्षासँगको सम्बन्ध गिरोहका खेल भएको बताउने पलले धेरै केटीसँगको सम्बन्धको बिषयमा भने बोल्नलेका छैनन् । तर आज पलशाहले फेसबुाट आफूलाई प्रष्ट पार्ने काम गरेका छन् ।

उनले केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गरीन् र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको हो भन्दै दाबी गरेका छन् ।उनले आफू दोषि नरहेको बताएका छन् ।  यदी आफू दोशी भए नेपालको कानुन बमोजिम सजाय भौगन तयार रहेको समेत दाबी गरेका छन् ।

उनले फेसबुकमा आफूलाई फसाउन षयन्त्र गरेका व्यक्तिको नाम सार्वजनिक गरेका छन् । उनले १.साथी दुर्गेश थापा २.ठुल्दाई सरोज ओलि ३. भाई कृष्ण जोशी ४.सम्राट चौलागाई आफूलाई फसायको आरोप लगाएका छन् ।पल शाहले आज बिहान फेसबुकमा आफूलाई फसाउने गिरोहको नामसहित प्रष्ट्राइ आफूलाई बचाउने प्रयास गरेका छन् ।

”म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार ‘ पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्योू , ‘हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्योू साथै ‘ घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ‘ लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।”

 

प्रकाशित मिति: Feb 24, 2022

प्रतिक्रिया दिनुहोस्