Logo
१३ बैशाख २०८१, बिहीबार
(February 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज टिगोर इभीको औपचारिक लन्च हुँदै

टाटा माटर्सको बहुप्रतिक्षत इलेक्ट्रिक कार टिगोरको आज नेपालमा औपचारिक लन्च गरिने भएको छ ।

केही साता अघि नेपाल भित्रिएको यो कारलाई आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङले नेपाली सडकमा परिक्षण गरिरहेको थियो । लन्च हुनु अगाबै मूल्य सार्बजनिक भएको टिगोर टाटा मोटर्सको नेपाल भित्रिने नेक्सपछिको दोस्रो इलेक्ट्रिक कार हो ।

औपचारिक लन्च पश्चात भोलीदेखी नै यसको औपचारिक बुकिङ समेत खुल्ला गरिने कम्पनी स्रोतले बताएको छ ।कम्प्याक्ट सेडान सेग्मेन्ट अन्तर्गतको यो कारलाई एक्सई, एक्सएम र एक्सजेड प्लस भेरियन्टमा उपलब्ध गराइएकोे छ ।

जसको मूल्य सुरुवाती भेरियन्ट एक्सईलाई २९ लाख ९९ हजार, मिडियम भेरियन्ट एक्सएमलाई ३१ लाख ४९ हजार र टप भेरियन्ट एक्सजेड प्लसलाई ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

हाल कारोबार भैरहेको टाटा नेक्सन इभीमा समेत उपलब्ध जिपट्रेन प्रबिधीमा आधारित भई निर्माण गरिएको यो कारमा २६ किलोवाटको लिक्विड–कुल्ड ब्याट्री प्याक जडान गरिएको छ ।

यो कारलाई जुनकुनै मौसममा सहजै चलाउन सकिने बताइएको छ । यसमा जडान गरिएको विद्युतीय मोटरले ७४ बिएचपी र १७० एनएम टर्क जेनेरेट गर्छ । नेपाल अटो

प्रकाशित मिति: Feb 21, 2022

प्रतिक्रिया दिनुहोस्