Logo
७ बैशाख २०८१, शुक्रबार
(February 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक टारो जीपी २ २००, यस्ता छन् विशेषता !

नेपाली बजारमा नयाँ स्पोर्ट्स बाइक टारो जीपी २ २००भित्रिएको छ । नेपाली बजारमा हालै उपलब्ध टारो ब्रान्डका विभिन्न मोडलका बाइक मध्ये जीपी २ २०० एक हो ।

हेर्दा निकै आकर्षक देखिने यो स्पोर्ट्स बाइकलाई एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले नेपाली बजारमा उपलब्ध गराएको हो ।चीनमा उत्पादन हुने इटालियन ब्रान्ड टारो विश्वका विभिन्न देशमा बिक्री हुने प्रतिष्ठित ब्रान्ड हो ।

नेपाली बजारमा अर्को प्रतिस्पर्धीको रुपमा अब यो ब्रान्ड र यसका विभिन्न मोडल थपिएका छन् ।जीपी २ २०० मा १९८ सीसीको ओएचसी, लिक्विडकुल्ड सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ८००० आरपीएममा १२.५ किलोवाट पावर र ६००० आरपीएममा १७ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ६-स्पिड मल्टिप्लेट वेट क्लच ट्रान्समिसन रहेको छ ।यसको अघिल्लो भागमा पोजिटिभ सक एब्जर्बर र पछिल्लो भागमा सिंगल ग्यास एब्जर्बर सस्पेन्सन छ । यसको अघिल्लो भागमा ड्युअल र पछिल्लो भागमा सिंगल डिस्क ब्रेक छ ।

१३० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको सिट हाइट ७६० एमएम छ भने कर्ब वेट १५५ केजी छ । १० लिटरको इन्धन ट्यांकी रहेको यो बाइकको ह्विलबेस १, ३१३ एमएम छ ।

यो बाइकको मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।नेपाल अटो

 

प्रकाशित मिति: Feb 20, 2022

प्रतिक्रिया दिनुहोस्