Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन ७ वर्षकी अनास्तासिया रेडजिस्काया, जसले कमाउछिन् साढे ३ अर्ब !

भनिन्छ इन्टरनेटले मानिसलाई विगार्ने काम गर्छ । तर त्यो गलत हो । किनभने कुनै पनि प्रविधि आफैमा गलत हुँदैन त्यस प्रविधिलाई कस्तो प्रकृयाले चलाएको र कस्तो व्यक्तिले चलाएको छ त्यसमा भर पर्ने गर्छ । पछिल्लोे समयमा सामाजिक सञ्जाल सम्पूर्ण कुराको जानकारी दिने बस्तु भइसकेको छ । मानिसले सेकेन्ड सेकेन्डमा समाजमा घटेका घटनाहरु पनि सामाजिक सञ्जालमा पोष्ट गरीरहेका हुन्छन् । कति मासिले सामाजिक सञ्जालमार्फत धेरै आर्थीक लाभ धरी कमाएका छन् ।

नेपालमा पनि टिकटक, यूटुवबाट मनग्ने आम्दानी गर्ने मानिस धेरै रहेका छन् । त्यस्तै आज हामी हजरहरुलाई शोसर मिडियाबाट मनग्ने कमाइ गर्ने छैटौँ नम्बरमा पर्न सफल भएकी रुसी ७ बर्षीया बालिकाको बारेमा जानकारी दिन गइरहेका छौ । उनको नाम अनास्तासिया रेडजिस्काया हो । उनी रुसी सोशल मीडिया स्टार अनास्तासिया रेडजिस्काया केवल ७ वर्षको उमेरमै इन्टरनेटमा छाएकी छिन् ।

केवले ७ वर्षकी अनास्तासियाले ‘द बिगेस्ट किड युट्युबर इन द वर्ल्ड’ को उपाधि पाएकी छिन् । केही रिपोर्टका अनुसार उनले अघिल्लो वर्ष ३ करोड ६० लाख रुपैयाँ कमाएकी थिइन् । अनास्तासियाको यो अचम्म लाग्दो सफलताको पछाडि उनको माता पिताको सबैभन्दा ठूलो योगदान छ ।

 

सन् २०१४ मा जन्मिए लगत्तै अनास्तासियामा सेरेबरल पाल्स नामक स्नायु सम्बन्धि समस्या भएको थाहा भयो । यसपछि उनका बुवा आमा अन्ना र सर्गेईले आफ्नो जागिर छोडे र छोरीका लागि युट्युब च्यानल ‘लाइक नास्त्या’ सुरु गरे । उनीहरुले मुल रुपमा युट्युब च्यानललाई अनास्तासियाका लागि एक एजुकेशनल प्रोजेक्टको रुपमा काम गरेका थिए । तर केही वर्षभित्रै उनले पैसा कमाउन थालिन् । गत वर्ष अनास्तासिया युट्युबमा सबैभन्दा धेरै पैसा कमाउने कन्टेन्ट क्रियटर्सको शीर्ष १० को सूचीम छैटौँ स्थानमा पुगिन् ।४ वर्ष अघि अपलोड गरिएको एउटा भिडियोलाई त ९० करोड भन्दा बढी पटक हेरिइसकेको छ । लाइक नात्स्या युट्युब अकाउन्टमा ८ करोड ६० लाख सब्सक्राइबर्स भइसकेका छन् । च्यानलले हालसम्म कूल ६९०० करोड भ्यू पाइसकेको छ ।

 

View this post on Instagram

 

A post shared by Like Nastya (@likenastya)

डेली स्टारको रिपोर्ट अनुसार अनास्तासिया आफ्नो विलासी पारिवरिक छुट्टीलाई आधार बनाएर युट्युबमा कन्टेन्ट बनाउँछिन् । यसलाई उनी युट्युब र इन्स्टाग्राम जस्ता सोशल मीडिया प्लेटफर्ममा अपलोड गर्छिन् । उनको इन्स्टाग्राम अकाउन्ट बच्चामा केन्द्रीत पौष्टिक सामग्री र आकर्षित बिदा तथा महँगो नीजि जेट यात्राको तस्बिरको रोचक मिश्रण हो । करोडौँको संख्यामा फलोअर्स उनको विषयबस्तु मन पराउँछन् । यसबाट अनास्तासियाले मोटो कमाई गर्छिन् ।अनास्तासिया सोशल मीडियाको माध्यमबाट साढे तीन करोड रुपैयाँ भन्दा बढी सम्पत्तिको मालिकनी भएकी छिन् ।

 

 

प्रकाशित मिति: Feb 18, 2022

प्रतिक्रिया दिनुहोस्