Logo
७ बैशाख २०८१, शुक्रबार
(February 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्रि फायरसहित थप ५४ चिनियाँ एपमा भारतले लगायो प्रतिबन्ध

छिमेकी मुलुक भारतले सुरक्षाको कारण देखाउँदै थप ५४ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ ।जसमा लोकप्रिय अनलाइन गेम फ्री फायर समेत छ ।

राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने कारण देखाउँदै भारतले ती चिनियाँ एपलाई हटाएको हो । फ्रि फायरलाई एप्पल स्टोर र गुगल प्ले स्टोर दुबैबाट हटाइएको छ ।भारतको गृह मन्त्रालयले ती चिनियाँ भर्सन क्लोन्ड एप हुनसक्ने र सबैको काम उस्तै हुनसक्ने जनाएको छ ।

गोपनीयता र सुरक्षाका मुद्दामा यी एपले असर पार्न सक्ने भारतीय गृह मन्त्रालयले जनाएको छ ।सन् २०२० मा भारतले २६७ वटा एपमा प्रतिबन्ध लगाएको थियो ।

 

प्रकाशित मिति: Feb 14, 2022

प्रतिक्रिया दिनुहोस्