Logo
११ बैशाख २०८१, मंगलबार
(February 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशभरि रगतका लागि पैसा तिनुपर्ने बाध्यता अन्त्य भयो : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिरामीका आफन्तले उपचारका क्रममा आवश्यक रगतका लागि पैसा तिनुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको आयोजनामा पोखरामा प्रदेश स्वास्थ्य नीतिको सार्वजनिकीकरण तथा निःशुल्क रक्तसञ्चार सेवा शुभारम्भ कार्यक्रममा उनले निःशुल्क रक्तसञ्चार सेवाको सुरुआत हुने समग्र गण्डकी प्रदेशसवासी र सरकारका लागि एउटा कोसेढुङ्गाका रूपमा भविष्यमा स्थापित हुने उल्लेख गरे ।

उनले भने, ‘यस प्रदेशभरि विविध कारणले सेवा शुल्कका नाममा रगतका लागि पैसा दिनुपर्ने नागरिकको बाध्यता आजका मितिदेखि समाप्त भएको छ । हाम्रा लागि यो खुसीको कुरा हो । ’सो अवसरमा मुख्यमन्त्री पोखरेलले वर्तमान संविधानअनुसार नागरिकको स्वास्थ्य अधिकार सरकारको जिम्मामा रहेकाले सरकार कार्यान्वयन गर्न संवेदनशील रहेको स्पष्ट पारे । उनले भने, ‘अहिलेको संविधानले स्वास्थ्य सरकारको जिम्मामा छ । रासस

प्रकाशित मिति: Feb 14, 2022

प्रतिक्रिया दिनुहोस्