Logo
८ बैशाख २०८१, शनिबार
(February 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन १ देखि त्रिविमा पठनपाठन गर्ने, रोकिएका परीक्षा पनि सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालयले १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।

कोरोना जोखिमका कारण त्रिविले गत माघ ९ विभिन्न तहका परीक्षा स्थगित गरेको थियो । गत मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्थानीय निकायसँग समन्वय गरी तोकिएका मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन, परीक्षा सञ्चालन, दैनिक प्रशासनिक कार्यसम्पादनको व्यवस्थाका लागि त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको छ ।

 

 

प्रकाशित मिति: Feb 10, 2022

प्रतिक्रिया दिनुहोस्