Logo
१५ चैत्र २०८०, बिहीबार
(February 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्दोष सावित हुँदै गायक रवीराज साह रिहा : ‘किरण बानियाँविरुद्ध मुद्दा दायर हुने’

केहि महिनादेखि एक मुद्दाका अभियोगी भई कारागारमा रहेका गायक रविराज साह (रबिन्द्र साह) लाई अदालतले सफाई दिएको छ । अदालतले निर्दोष साबित गरेपछि उनी रिहा भएका हुन् । जबरदस्ती करणी उद्योगको मुद्दामा अभियोगी बनाई उनलाई कारागारमा राखिएको थियो ।

जिल्ला अदालत काठमाण्डौले गायक साहलाई २०७८ साल माघ ०४ गते निर्दोष साबित गर्दै रिहा गर्न आदेश दिएको हो । गत बर्षको कार्तिक २७ गते पक्राउ परेका उनी केहि दिन प्रहरी थुना र त्यसपछि कारागार चलान भएका थिए । अदालतकै आदेश अनुसार पुरपक्षका लागि कारागारमा रहेका उनी १४ महिना ६ दिनपछि रिहा भएका हुन् ।

गत वर्षको कार्तिक २७ गते उनलाई किरण बानियाँ नामक एक युवतीले आफूलाई जबरदस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा रविराज विरुद्ध उजुरी दिएकी थिइन । उक्त उजुरीपछि गायक साहलाई काठमाण्डौ प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाण्डौले गत माघ ०४ गते निर्दोष ठहर गर्दै थुनामुक्त गरेको हो । किरण बानियाले दिएको मुद्दामा गायक रविराज साह सफाई पाएको हो । कारागारबाट रिहा भएपछि गायक साहले ढिलै भएपनि अदालतबाट आफू सफाई पाएको बताएका छन् ।

ढिलै भएपनि न्याय पाएको छु, नागरिक टाइम्ससँगको कुराकानीमा गाक साहले भने ‘यसलाई मैले जीजनको शिक्षाको रुपमा लिएको छु । जेल गएर पनि धेरै कुरा सिकेको छु ।’

उनले भने ‘झुठा मुद्दा लगाएर आफूलाई फँसाउने किरण बानियाँ उर्फ लक्ष्मीकुमारी दासमाथि मानहानीको मुद्दा दायर गर्ने तयारीमा जुटेकु छु । ‘उनले मेरो करियरसँग खेलवाड गरयो, मेरो करियर नै बर्बाद पारिदियो, मेरो करियर फिर्ता पाउन म उनीमाथि मानहानीको मुद्दा ठोक्छु । उनको भनाई थियो ।

गायक रविराज साह निर्दोष साबित भए लगत्तै पुनः आफ्नो काममा फर्केका छन् । मधेश प्रदेशको विभिन्न जिल्लामा उनले आफ्नो प्रस्तुति दिन थालेका छन् । लोकस्टार सहित बिभिन्न स्टेज कार्यक्रम उनले प्रसिद्ध कमाइसकेका गायक हुन् ।

प्रकाशित मिति: Feb 7, 2022

प्रतिक्रिया दिनुहोस्