Logo
१५ चैत्र २०८०, बिहीबार
(February 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत सरकारले दियो लता मंगेशकरको निधनमा दुई दिन शोक बिदा

भारत सरकारले गायिका लता मंगेशकरको निधनमा दुई दिन शोक बिदा दिएको छ।

भारतीय गृह मन्त्रालयले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै फेब्रुअरी ६ देखि ७ गतेसम्म दुई दिन बिदा दिन निर्देशन दिएको हो।

आइतबारदेखि सोमबारसम्म देशभर राष्ट्रिय झन्डालाई आधा झुकाइने मन्त्रालयलाई उद्धृत गर्दै इकोनमिक टाइम्सले जनाएको छ।

केन्द्र सरकारले स्वर्गीय लता मंगेशकरको सम्मानमा फेब्रुअरी ६ देखि ७ गतेसम्म दुई दिन शोक मनाउने र यस अवधिमा कुनै औपचारिक मनोरञ्जन नगर्ने निर्णय गरिएको छ, विज्ञप्तिमा उल्लेख छ।

मंगेशकरको आइतबार विहान उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन् ।केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना भाइरसको सङ्क्रमण पनि देखिएको थियो।

प्रकाशित मिति: Feb 6, 2022

प्रतिक्रिया दिनुहोस्