Logo
७ बैशाख २०८१, शुक्रबार
(February 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार कमलराज राईको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

नेपाल पत्रकार महासंघले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघ, काठमाडौं शाखाका कार्यसमिति सदस्य कमलराज राईको हृदयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको थियो ।

हृदयाघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पताल पुर्याएका पत्रकार राईको उपचारकै क्रममा सोही दिन ४ बजे निधन भएको थियो ।

लामो समयदेखि काठमाडौंमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत रहेका थिए ।

महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पत्रकार राईको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहिनेती, जुझारु, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले सक्रिय सदस्य गुमाएको छ । महासङ्घ स्व पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दछ । रासस

 

प्रकाशित मिति: Feb 4, 2022

प्रतिक्रिया दिनुहोस्