Logo
१५ चैत्र २०८०, बिहीबार
(February 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तिम संस्कारको विज्ञापनमा कफिनसँग बिकिनी मोडल राखेपछि…!

मानिसले आफ्नो व्यापार बढाउनको लागि अनेक उपाय अपनाउने गर्छन् । त्यस्तै एक कम्पनिले अनौठो उपाय अपनाएको छ । रुसमा अन्तिम संस्कारको सेवा दिने एक कम्पनीको विज्ञापनमा विवाद भएको छ ।

कम्पनीको एक विज्ञापनमा कफिनसँग बिकिनी लगाएका महिलालाई देखाइएको छ । केही महिला कफिनमा पल्टिएको पनि देखिएका छन् । यस्तै, विज्ञापनमा केही महिलालाई नग्न पनि देखाइएको छ ।

भिडियोमा बिकिनी लगाएका मोडल कफिनसँगै उभिएका देखिएका छन् ।मोडलहरु कफिनमाथि आपत्तिजनक स्थितिमा सुतिरहेको पनि देखिएका छन् । यो विज्ञापनमार्फत् कम्पनीले आफूले प्रदान गर्दै आएको सेवाको प्रोमोट गरिरहेको थियो ।

यो विज्ञापन सोसल मिडियामा भाइरल हुने बित्तिकै प्रयोगकर्ताले मस्कोस्थित यो हिरोनिम अन्डरटेकर्स कम्पनीलाई ट्रोल गर्न सुरु गरेका छन् ।

कम्पनीले हालै आफ्नो इन्स्टाग्राम र टिकटक अकाउन्टमा ४२ सेकेन्डको विज्ञापनको भिडियो सेयर गरेको थियो । कतिले शोकमा पनि सेक्स बिक्छ भनेर प्रश्न सोधिरहेका छन् ।

 

 

प्रकाशित मिति: Feb 4, 2022

प्रतिक्रिया दिनुहोस्