Logo
१२ बैशाख २०८१, बुधबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री पाण्डे मर्यादा विपरित गालीगलौजमा उत्रिएको भन्दै एमालेको आपत्ति

नेकपा एमालेले वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामै विपक्षी दलमाथि सरकार प्रमुख संसदीय मर्यादा विपरित व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएको छ ।

एमाले वागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभामै विपक्षी दलमाथि सरकार प्रमुख संसदीय मर्यादा विपरित व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएका हुन्।

अघिल्लो प्रदेश सरकारले स्थापना कालमै लागू गरेका नीति कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजनाहरू कटौती गर्ने तथा रकमान्तर गरेर अन्धाधुन्ध खर्च गरेको आरोप एमालेले लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले मन्त्रालय फुटाएको छ तर कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । जताततै अस्तव्यस्तता सिर्जना गरिएको छ । सरकार प्रमुख सभा समारोहमा मेरो पार्टीको कमिटी नबनेको वडामा एक रुपैयाँ पनि बजेट हाल्दिन भन्दै हिँडिरहनु भएको छ । सङ्घीयता विरोधीहरुका लागि टाउको उठाउन र सङ्घीयतालाई ध्वस्त पार्न यो भन्दा राम्रो अवसर के हुन सक्छ ?’

केहि समय अगाडी प्रदेशसभामै सरकार प्रमुखले प्रतिपक्ष दलमाथी पोखेको आक्रोषपूण अभिव्यक्ति दम्भको पराकाष्ठ भएको एमालेको निष्कर्ष छ । साथै उनले मुख्यमन्त्री पाण्डेले पदको मर्यादा विपरीत गालीगलौजमा उत्रिएको र भ्रष्टाचारमा संलग्न भएको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी समेत दिएका छन् ।

एमालेले प्रदेश सरकारका गलत कामको साक्षी नबस्न कर्मचारीलाई समेत सचेत गराएको छ ।

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्