Logo
८ बैशाख २०८१, शनिबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के साचिकै सुरविना प्रेममा छिन् त ?

अभिनेत्री सुरविना कार्कीले फिल्म अभिनय लगातार गरेपनि अपेक्षाकृत सफलता हात पार्न नसकेकी अभिनेत्री पछिल्लो समयमा फिल्म बजारमा प्रेममा रहेको चर्चा चल्न थालेको छ ।

उनले सामाजिक संजालमा गरेको पछिल्ला पोस्टले पनि त्यस्तै संकेत गर्दछ ।कार्कीले हालै फिल्म ‘काँडेतार’ छायांकन सकाएकी छन् । नवल खड्काको निर्माण तथा निर्देशन रहेको फिल्ममा उनी मुख्य भूमिकामा छिन् ।

हालै उनले सामाजिक सञ्जालमा ‘बाँचौं, हासौं र माया गरौं’ भनेर पोष्ट गर्दै आफ्ना केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा उनको बिन्दास अन्दाज देख्न सकिन्छ ।

अहिले म्युजिक भिडियो र केही विज्ञापन समेत अभिनय गरेकी उनले एउटा हिन्दी गीत समेत अभिनय गरेकी छन् । नेपाली फिल्म अभिनयको अलवा उनी बलिउड अभिनयका लागि केही अगाडि भारत समेत छिरेकी थिइन् ।

त्यहाँ उनी केही काम गर्न समेत सफल भइन् । तर कोरोना संक्रमण फैलिए लगत्तै उनी नेपाल फर्किएकी थिइन् । ‘नाडे नाडे’ बोलको उक्त गीत जी म्युजिक कम्पनीले केही अगाडि सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्