Logo
६ बैशाख २०८१, बिहीबार
(January 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक दुर्गेश थापाको गीत फेरि विवादमा, प्रसारण रोक्न माग

गायक दुर्गेश थापा प्राय विवादमा तानिरहने कलाकारमध्येमा एक पर्छन् । उनी प्राय गितमा प्रयोग भएका शब्दका कारण प्राय चर्चामा आउने गर्छन् ।

दुर्गेश थापाको गीत फेरि विवादमा तानिएको छ ।महिलालाई पैसासँग तुलना गरिएपछि गीतको आलोचना भएको हो । यसबारे वैज्ञानिक समाजवादी महिला संघनले गीत प्रसारण बन्द गर्न आग्रह गरेको छ । संघठनले आज विज्ञप्ति जारी थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ ‘कलाकारले प्रयोग गर्ने शब्द, वेषभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो ।’ थापाको गीत यसअघि पनि पटकपटक विवादमा तानिँदै आएको थियो ।

प्रकाशित मिति: Jan 31, 2022

प्रतिक्रिया दिनुहोस्