Logo
१२ जेष्ठ २०७९, बिहीबार
(January 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शंखरापुरमा बन्द कोठामा एक दम्पती मृत भेटिए

काठमाडौंको शंखरापुरमा बन्द कोठामा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । शंखरापुर नगरपालिका-३ बोजेनीमा बन्द कोठाभित्र एक दम्पती मृत अवस्थामा भेटिएका हुन् ।

५२ वर्षीय पदमबहादुर थिङ र उनकी ४५ वर्षीकी पत्नी फूलकुमारी मृत अवस्थामा भेटिएका हुन् ।बुधबार साँझ खाना खाइ सुतेका उनीहरू आज बिहान ७ बजेसम्म नउठेपछि २६ वर्षीय छोरा सूर्यबहादुरले ढोका फुटाएर हेर्दा बाबुआमा मृत अवस्थामा भेटिएको काठमाडौँ प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 27, 2022

प्रतिक्रिया दिनुहोस्