Logo
४ बैशाख २०८१, मंगलबार
(January 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा २४ घण्टामा ३ लाख ६ हजार ३५७ जना कोरोनामुक्त

छिमेकी मुलुक भारतमा कोरोना संक्रमित निको हुनेको संख्या बढीरहेको छ । छिमेकी भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ३ सय ५७ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

हालसम्म भारतमा ३ करोड ७६ लाख ७७ हजार ३२८ जना कोरोना संक्रमणबाट निको भएका छन् । यस्तै, सक्रिय संक्रमितहरू अझै २२ लाख २ हजार ४७२ जना रहेका छन् ।

यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार ३८४ नयाँ कोरोना संक्रमित थपिएका छन् भने हालसम्म ४ करोड ३ लाख ७१ हजार ५०० जना कोरोना संक्रमित भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ५ सय ७२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट कुल मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ७०० पुगेको छ ।

संक्रमण दर अहिले १९.५९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: Jan 27, 2022

प्रतिक्रिया दिनुहोस्