Logo
१२ बैशाख २०८१, बुधबार
(January 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोर्क मोटर्सले लन्च गर्यो पहिलो इलेक्ट्रिक बाइक क्रेटोस, यस्ता छन् विशेषता !

भारतीय बजारमा टोर्क मोटर्सले आफ्नो पहिलो इलेक्ट्रिक बाइक क्रेटोस लन्च गरेको छ । टोर्क मोटर्सले भारतमा इलेक्ट्रिक सवारी साधनको सेगमेन्टमा प्रवेश गरेको छ ।

कम्पनीले सो बाइक क्रेटोस स्ट्यान्डर्ड र क्रेटोस आर गरी २ भेरिएन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः १ लाख २ हजार ४९९ र १ लाख १७ हजार ४९९ भारु तोकिएको छ ।

टोर्क मोटर्सको सो बाइक पहिला पुणे, बैंगलोर, अहमदाबाद, हैदरावाद, चेन्नई र दिल्ली जस्ता शहरहरूमा उपलब्ध गराइने छ । क्रेटोस ई–बाइक कम्पनीको ६ वर्ष पुरानो परियोजना हो र यो पहिलो पटक टी६एक्स कन्सेप्टको रूपमा प्रस्तुत गरिएको थियो ।

क्रेटोस बाइकको लुक २००८ होन्डा सीबी१०००आर जस्तो देखिन्छ । यसमा एलईडी लाइटसहितको त्रिकोणीय हेडल्याम्प कभर, एंगुलर ट्यांक एक्सटेन्सनसहितको शार्प लुक ट्यांक, स्पिल्ड पिलियन ग्रेलसहितको स्लीक टेलपिस, एलईडी टेललाइट र स्लिम रियर फेन्डर समावेश छन् ।

बाइकको दुवै छेउमा १७ इन्चको एलोय ह्वीलहरू छन् । साथै ४.३ इन्चको इन्स्ट्रयुमेन्ट कन्सोल, फुल डिजिटल टीएफटी युनिट र स्मार्टफोन कनेक्टिभिटी पनि समावेश छन् ।

बाइकमा नेभिगेसन, जियोफेन्सिङ, ब्याट्री चार्ज स्थिति, राइडर रेसियो, क्रयास अलर्ट आदि समावेश छन् ।बाइकमा पावरको लागि ४ केडब्ल्युएचप ब्याट्री जडान गरिएको छ ।

जसले सिंगल इलेक्ट्रिक इन्जिनसँग मिलेर ७.५ केडब्ल्युएचको पावर विकास गर्छ । सो ब्याट्री फुल चार्जमा १८० किलोमिटरको रेन्ज दिने कम्पनी दावी गरेको छ ।

क्रेटोस आर भर्सनमा पनि ४ केडब्ल्युको ब्याट्री जडान गरिएको छ । यो ब्याट्रीलाई फास्ट चार्जिङमार्फत एक घन्टामा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । नेपाली अटो

प्रकाशित मिति: Jan 27, 2022

प्रतिक्रिया दिनुहोस्