Logo
७ बैशाख २०८१, शुक्रबार
(January 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिजिट भिसा उपलब्ध गराउन सरकारद्वारा मापदण्ड बनाउन समिति गठन

सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउन समिति गठन गरेको छ ।  पछिल्लो समय भिजिट भिसा प्रयोग गरी दुबईलगायत मुलुकमा पुगेर अलपत्र पर्नेको संख्या बढेसँगै भिजिट भिसाको मापदण्ड बनाउन लागिएको हो ।

गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गठन भएको समितिले १५ दिनमा अध्ययन प्रतिवदेन बुझाउनुपर्ने छ ।

वास्तविक स्थितिको विश्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई मापदण्ड बनाउने जिम्मा दिइएको छ ।

समितिलाई भिजिट भिसा उपलब्ध गराउन चाहिने मापदण्ड बनाउने सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणालीमा सुधार, अन्तर्राष्ट्रिय उडान तालिकामा सुधार, ट्रान्जिट यात्रुको व्यवस्थापन, श्रमिक विदेशमा रहँदा भोगेका समस्या समाधानलगायत विषयमा सुझावसहितको प्रतिवेदन पेश गर्न क्षेत्राधिकार तोकिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Jan 27, 2022

प्रतिक्रिया दिनुहोस्