Logo
८ बैशाख २०८१, शनिबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा भित्रियो सेगवे नाइनबोटको ई-१०० इलेक्ट्रिक स्कुटर, २ लाख ९१ हजार मूल्य !

सेगवे नाइनबोटको इलेक्ट्रिक स्कुटर ई–१०० नेपाली बजारमा भित्रिएको छ । अमेरिकी ब्रान्ड सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक वितरकको रुपमा आई हब प्रालिले यो स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।

स्वच्छ र सुरक्षित सवारी प्रवद्र्धनका लागि यो स्कुटर नेपालमा भित्र्याएको आई हब प्रालिका निर्देशक लोकेश ओलीले बताए । आगामी दिनमा अन्य मोडल समेत क्रमिक रुपमा भित्र्याउने उनले बताए ।

चालक बसे पछि र स्ट्यान्ड उठाए पछि मात्र यो स्कुटर स्टार्ट हुन्छ । यसमा किलेस सिस्टम र रिमोट कन्ट्रोल सिस्टम छ । त्यसैगरी २२ लिटर क्षमताको स्टोरेज छ ।

स्कुटरमा ६ वटा लेन्स सहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ जसले स्वचालित रुपमा मौसमअनुसार प्रकाश उपलब्ध गराउछ ।

स्कुटरमा मोबाइल चाजिङ स्लट र ३ वटा ड्राइभिङ मोड रहेको छ । नर्मल चार्जबाट फुलचार्ज हुन करिब ७ घण्टा लाग्छ। ड्युअल ब्याट्री मोडमा चलाउदा फुल चार्जमा २ सय किलोमिटर सम्म यात्रा गर्न सकिन्छ । यसमा लिथियम आयोनयुक्त पानी प्रतिरोधी ब्याट्री रहेको छ ।

१३० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको स्कुटरको तौल ८० किलोग्राम छ । यो स्कुटर कालो, सेतो, निलो र रातो गरी चार कलरमा उपलब्ध छ । यसको मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकिएको छ । नेपाल अटो

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्