Logo
१५ चैत्र २०८०, बिहीबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति र प्रधामन्त्री देउवाद्वारा भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना

भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी तथा परराष्ट्र मन्त्री डा। नारायण खड्काले शुभकामना व्यक्त गरेका छन् ।

उनीहरुले आ-आफ्ना भारतीय समकक्षीलाई छुट्टाछुट्टै पत्र पठाएर शुभकामना व्यक्त गरेका हुन् । नेपालको तर्फबाट भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस.जयशंकरलाई पत्र पठाइएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारतीय प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै भारतले सामाजिक र आर्थिक क्षेत्रको विकासमा हासिल गरेको प्रगतिको सराहना गर्दै दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नु भएको हो ।

त्यस्तै, राष्ट्रपति भण्डारीले भारतीय समकक्षीको सुस्वास्थ्य र खुसियालीको कामना गर्दै भारतको निरन्तर विकास र समृद्धिको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले भारतको स्वतन्त्रताको ७५ औं वर्षगाँठको अवसरमा पनि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ  ।  परराष्ट्रमन्त्री खड्काले पनि भारतीय नागरिकलाई शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्