Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा १० हजार ३१९ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रकितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

१६ हजार ६५४ नमुनाको पीसीआर टेस्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेस्ट गर्दा २२६५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५४० जना सङ्क्रमणमुक्त भएका छन् । देशभरमा हाल ८२ हजार ५५० सक्रिय कोरोना संक्रमित रहेका छन् । यस्तै आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति: Jan 24, 2022

प्रतिक्रिया दिनुहोस्