Logo
१३ बैशाख २०८१, बिहीबार
(January 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको उक्त ऋणपत्रको बिक्रीका लागि माघ ११ गते बोलकबोल हुने छ ।

ऋणपत्रको परिपक्व अवधि २ वर्ष हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने सूचनामा उल्लेख छ ।

ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने सुविधा पनि हुन्छ ।

ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन विडिङ सिस्टम मार्फत सहभागी हुन सक्नेछन् । यही माघ १२ गते निष्कासन हुने ऋणपत्रको साँवा २०८० माघ १२ गते पाइने छ ।

अर्धवार्षिक रुपमा ब्याज पाइने छ । उक्त ब्याजमा आयकर नलाग्ने पनि सूचनामा उल्लेख छ ।खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ५ अर्ब ५० करोड र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रकाशित मिति: Jan 24, 2022

प्रतिक्रिया दिनुहोस्