Logo
११ बैशाख २०८१, मंगलबार
(January 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाले ल्यायो नयाँ इलेक्टिक स्कुटर ईएमएफ, यस्तो विशेषता !

यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ईएमएफ ताइवानमा सार्वजनिक गरेको छ । नयाँ ईएमएफ इलेक्ट्रिक स्कुटर, ईसी–०५ पछि यामाहाको दोस्रो इलेक्ट्रिक स्कुटर हो, जुन २०१९ मा विश्वव्यापी रूपमा पेश गरिएको थियो । जसको बिक्री केही दिनमा सुरु हुनेछ ।

नयाँ यामाहा ईएमएफ ताइवानको ब्याट्री र टेक्नोलोजी कम्पनी गोगोरोसँगको सहकार्यमा विकास भएको दोस्रो इलेक्ट्रिक स्कुटर हो । हिरो मोटोकर्पले पनि आगामी इलेक्ट्रिक सवारीका लागि गोगोरासँग सहकार्य गरेको छ ।

यामाहा ईएमएफ पूर्णतया नयाँ प्लेटफर्ममा निर्माण गरिएको हो ।स्कुटरमा मिनिमल फ्रन्ट एप्रोन र भर्टिकल स्ट्याक्ड ट्विन पोड हेडलाइट क्लस्टरसहितको फ्युचरिस्टिक डिजाइन दिइएको छ ।

स्कुटरमा आफ्टरबर्नर स्टाइल ड्युअल एलईडी टेललाइट, ट्रेन्डी रियरभ्यु मिरर, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, सिंगल पिस सिट र बीफी टायर प्रोफाइल समावेश गरेको छ । सो स्कुटर ३ रङमा लन्च गरिएको छ ।

स्कुटरमा पार्किङ लोकेशन, टर्न बाई टर्न नेभिगेसन र फ्लिट व्यवस्थापन प्रणाली जस्ता केही उन्नत फिचर पनि समावेश गरिएको छ ।

स्कुटर शक्तिशाली इलेक्ट्रिक मोटरद्वारा संचालित छ, जसले अधिकतम १०.३० बीएचपी पावर र २६ एनएमको टर्क जेनेरेट गर्छ । सो स्कुटरले ३ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ ।

यामाहा ईएमएफ एक उच्च गतिको इलेक्ट्रिक स्कुटर हो । यो स्कुटर ८० देखि १०० किलोमिटर प्रतिघन्टाको टप स्पिडमा गुड्ने क्षमता रहेको छ । स्कुटरको फ्रन्टमा २०० एमएम र पछाडि १९० एमएमको डिस्क ब्रेक जडान गरिएको छ । नेपाल अटो

प्रकाशित मिति: Jan 24, 2022

प्रतिक्रिया दिनुहोस्